फिदिम । पाँचथरका तीन मुख्य ग्रामीण सडकलाई कालोपत्रका लागि शिलान्यास गरिएको छ । फिदिम–यासोक सडक, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक तथा फिदिम–फालोट सडक कालोपत्रको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज शिलान्यास गरे । कार्यक्रममा मन्त्री आङ्बोले स्थानीय तहहरुलाई मुख्य सडक तथा सदरमुकामसम्म जोड्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । शिलान्यास भएका सडकको…