गलेश्वर । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको चराङमा एक करोड १४ लाखको लागतमा ‘मेकी युरा सिँचाइ आयोजना’ निर्माण भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो । उक्त आयोजनापछि सिँचाइ अभावमा कृषि उत्पादनबाट बञ्चित हुँदै आएका कृषक लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारको ७९ लाख र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको…