पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । आफ्नो १० दिने बेलायत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका मुख्यमन्त्री गुरुङले पोखरा विमानस्थलमा पत्रकारसँग प्रदेशको पर्यटन र खेलकूदको क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक भएको बताए । गैरआवासीय नेपाली सङ्घ एनआरएन बेलायत र व्यवसाय गरेर बसेका नेपालीसँगको…