चौतारा । बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ तातोपानीको चोकीडाँडाका १० घर–घरिवार विस्थापित भएका छन् । अन्य २० घर उच्च जोखिममा परेका छन् । दैनिक पानी परिरहेकाले माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदी कटानले तानिरहेको हुँदा स्थानीयवासीहरु विस्थापित भएका छन् । केही दिनअघि गाउँमाथिबाट आएको पहिरोले स्थानीय यमबहादुर खड्काको भान्छाकोठा…