काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकास्थित समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष शीतभण्डार निर्माण गरी जिल्लाका कृषकसँग सिधा सम्पर्कमा कृषि उपज खरीद बिक्री गर्ने योजना बनाएको छ । आफ्नो छैँटौँ वार्षिक साधारणसभाको अवसरमा शीतभण्डार निर्माण गरी संस्थागतरूपमा कृषि उपज खरीद बिक्री गर्ने घोषणा गरेको हो । संस्थाका अध्यक्ष पुरुषोत्तम हुमागाईंले चालू आर्थिक वर्षबाटै संस्थाले प्रदेश…