भदौ ७, चौतारा । शनिबार रातिको बाढीपहिरोले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधी खोलाको पक्की पुल बगाएपछि अस्थायीरुपमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । बाह्रबीसे नगरपालिका–३ र ४ को बीचमा पर्ने पक्की पुल बगाउँदा नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकाबीच यातायात सम्पर्क स्थापित गर्न वैकल्पिक अस्थायी मार्ग बनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले…