वालिङ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा जीवन न्यौपाने निर्वाचित भएका छन् । स्याङ्जाको भिरकोट नपा २ बयरघारीमा शनिबार सम्पन्न तेस्रो विश्व सम्मेलन तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरेको निर्वाचनमण्डलका संयोजक भुपराज बस्यालले जानकारी दिए । अध्यक्षमा पाँच जनाको उम्मेदवारी परे पनि अन्ततः यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेका न्यौपानेका लागि सहमति…