धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भारतले आफ्नो नक्शामा दार्चुला जिल्लाको व्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको आकस्मिक बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले यस विषयलाई लिएर प्रदेशमा राष्ट्र र…