जिरी । दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गरेका हुन् । कार्यक्रममा दुलालले प्रदेश नम्बर ३ लाई २०८० सम्ममा बालमैत्री प्रदेश र २०७८ सम्ममा…