कात्तिक १२, मङ्गलवारे । इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरे लगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्ने उद्देश्यले उनले १६ लाखको लागतमा आफ्नै घर छेउमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् । गाउँघरमा…