कात्तिक ८, म्याग्दी । बेनी नगरपालिका ८ कालीपुलदेखि जलजला गाउँपालिका वडा नं २, ३ र ४ मा पर्ने मल्लाज जोड्ने पक्की पदमार्ग निर्माण भएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुलदेखि डिलफाँट हँुदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भगवती कोत मन्दिर परिसरसम्म करीब दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । पाँच वर्षअघि कालीपुलदेखि शुरु…