फागुन ८, किर्नेटार । गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन भएका छन् । तामाकोशी गाउँपालिकाको किर्नेटारमा मङ्गलबार सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो । अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनालाई सचिव, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका…