फागुन १०, रुपन्देही । सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेभएको छ । ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । अशक्त ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्न पनि गाह्रो भएकाले घरमै वितरणको व्यवस्था गरिने उनको भनाइ…