वासुदेव पौडेल पोखरा । पोखरा महानगरपालिका–३२ गगनगौँडा र तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ सेराबेँसीबीचको खोलामा मोटर गुड्ने पक्की पुल नहुँदा सेराबेँसी र आसपासका क्षेत्र अझै ओझेलमा रहेका छन् । कृषिजन्य उत्पादनमा अब्बल मानिने सेराबेँसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासको बाधक पक्की पुल नै बनेको छ ।…