असार १०, जनकपुरधाम । प्रदेश नं २ का उद्योग, पर्यटन, वन एवं वातावरणमन्त्री रामनरेश रायले प्रदेशमा बढ्दै गएको वनको दोहनप्रति चिन्ता व्यक्त गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ कार्यालयद्वारा सोमबार यहाँ आयोजित औद्योगिक तथा व्यापार प्रदर्शनी मेलाको उद्घाटन कार्यक्रममा मन्त्री रायले विभिन्न नाममा वनको दोहनले प्रदेशमा पर्यावरणीय र…