चैत २४, जुम्ला । सिञ्जा गाउँपालिकाले यसै हप्ताबाट एम्बुलेन्स सेवा विस्तार गरेको छ । गाउँपालिकाले स्थानीयवासी बिरामी भएको अवस्थामा समयमा सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि एम्बुलेन्स सेवा विस्तार गरेको हो । गाउँपालिकादेखि करीब ५० किलोमिटर टाढा सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा विस्तार गरेको गाउँपालिका अध्यक्ष…