काभ्रेपलाञ्चोक । अविरल वर्षाले निम्त्याएको विपद्का कारण ३ नं प्रदेश सभाअन्तर्गत लेखा समितिद्वारा स्थानीय तहमा शुरु गरिएको अनुगमन दोस्रोपटक रोकिएको छ । गत आव २०७५/७६ वर्षको अन्त्य महीनासम्ममा प्रदेश नं ३ का एक सयभन्दा बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँट नगर्दा लेखासमितिले असार पहिलो साता प्रदेशसभा सदस्य रत्न ढकालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति बनाएर…