काशीराम शर्मा बाँके । सीमापारिबाट दैनिक ४० ५० वटा पशुचौपाया सीमावारि भित्रिने गरेका छन् । त्यसरी भित्रिएका पशुचौपायाका कारण सीमावारिका बासिन्दाले हैरानी व्यहोर्नुपरिरहेको छ । भारतको उत्तरप्रदेशमा गौहत्यामा रोक लगाइएका कारण त्यहाँ छाडा छाडिएका पशुचौपाया नेपाल भित्रिन थालेपछि नेपालगञ्ज उपमहानगरका लागि चुनौती बनेको हो । नेपाल प्रहरीको सहयोगमा सडक तथा बजार क्षेत्रबाट छाडा चौपायालाई नियन्त्रणमा…