दमौली । दुई सरकारको लगानीमा खानेपानी आयोजना निर्माण गरिएपछि स्थानीयवासी खुशी भएका छन् । गण्डकी प्रदेश सरकार र भीमाद नगरपालिकाको संयुक्त लगानीमा भीमाद नगरपालिका २ जौपानीस्थित मान्द्रेढुङ्गा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो । कूल ९० लाखको लगानीमा निर्माण सम्पन्न भएको योजनाका लागि प्रदेश सरकारले ५० लाख र भीमाद नगरपालिकाले ४० लाख साझेदारी गरेका छन्…