फागुन १२, मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक नविवाहित जोडीले भोजभतेर नगरि ५ लाख रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेको छ । यहाँका नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने सबै खर्चवापतको रकम आईतबार विद्यालयलाई प्रदान गरेका छन् । विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा…