भदौ २८, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो । कारवाही गरिएका व्यक्तिबाट कार्यालयले २८ लाख २० हजार राजश्व सङ्कलन…