वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रम अन्तगत रोजगार दिने नीति लिएको हो । “कामका लागि विदेशमा जाने व्यक्तिलाई…