वैशाख २९, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका ३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन् । मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म माछेखोलाको किनारमा…