काठमाडौं । सात बुँदे घोषणा पत्र जारी गर्दै नेशनल युथ फोरमको सम्मेलन सम्पन्न भएको छ । सहकारीमार्फत युवाको उद्यमशीलतामा वृद्धि गर्ने उद्देश्यसहित राष्ट्रिय सहकारी महासंघले नेशनल युथ फोरम सम्मेलन आयोजना गरेको थियो । सहकारीमा युवाहरूको अर्थपूर्ण सहभागिता तथा उद्यमशीलता वृद्धिका लागि विद्यमान कानुनहरूको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिहरूको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि…