Logo

राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बृद्धि



काठमाडौ । राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासिकमा ६२ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आवको यही अवधिमा बैंकले ३७ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । अहिलेको नाफा गत बर्षको तुलनामा करिब ६९ प्रतिशतले बढी हो ।

बैकले प्रकाशित गरेको वित्तीय बिबरणअनुसार यस अविधमा बैंकको खूद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत बर्ष यही अवधिमा बैंकको खूद आम्दानी ७१ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बै‌‌कको शेयर पूँजी २ अर्ब ८६ करोड रुपैयाँसहित ५९ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड रुपैयाँ ऋण लगानी गरेको छ । साथै बैंकको जगेडा कोषमा ९१ करोड ३४ लाख रुपैयाँ छ ।

अहिले ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघसँस्थाहरू गरि कूल सदस्य संख्या १३ हजार २०८ छ । बैकको केन्द्रीय कार्यालयसहित ७ वटै प्रदेशमा ६८ वटा शाखा सञ्चालनमा छ ।

आफ्ना सदस्य सहकारी संघसँस्थाहरूलाई दिने सेवामा संधै अब्बल रहेको र नाफा पनि आक्रमक ढंगले बृद्धि गरिरहेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए । बैंकले गत आवमा १५ प्रतिशतले लाभाशं वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्