५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढीगङ्गा नगरपालिकामा कांग्रेस, चुलाचुली गाउँपालिकामा एमाले विजयी



बाजुरा । बूढीगङ्गा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका दीपकविक्रम शाह तीन हजार ८४५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का रामबहादुर बानियाँले तीन हजार ५६० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका तारा खाती थापाले तीन हजार ७६० मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाँकुमारी खड्का थापाले तीन हजार ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिए ।

इलाम । चुलाचुली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदीपचन्द्र राई विजयी भएका छन् । राईले तीनहजार ४९३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले तीन हजार १४९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकै निर्मला दाहाल तीन हजार ३६४ मत प्राप्त गरी विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी लक्ष्मी मिश्रले दुई हजार ३९५ मत प्राप्त गरिन् ।

चुलाचुली १ मा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्ण लावती प्यानलसहित विजयी भएका छन् । वडा नं २ मा एमालेका रणबहादुर लिम्बू, वडा नं ३ मा नेपाली कांग्रेसका रणबहादुर लावती प्यानलसहित विजयी भएका छन् ।

चुलाचुली वडा नं ४ मा एमालेका कालीदास भट्टराई प्यानलसहित विजयी भएका छन् भने वडा नं ५ मा एमालेकै चन्द्रकुमार थापा र वडा नं ६ मा एमालेकै हेमन्त राईको प्यानल विजयी भएको छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००