५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मर्स्याङदी गाउँकार्यपालिका निर्विरोध



लमजुङ (बेसीसहर), उत्तरी लमजुङको मर्स्याङदी गाउँकार्यपालिका सदस्यमा नेकपा एमाले र माओवादी केन्द्र बाट निर्वाचित जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट दुईजना दलित वा अल्पसङ्ख्यक र चारजना महिला गरी छजना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

महिला सदस्यमा माओवादी केन्द्रका अनिता विक र नेकपा एमाले बाट चौतरी तामाङ, डिलकुमारी थापा र पारकाशी गुरुङ निर्वाचित भएका हुन् । यस्तै, दलित वा अल्पसङ्ख्यकबाट माआवादी केन्द्रका कृष्णबहादुर विक र नेकपा एमालेका नन्दराम विक निर्वाचित भएका छन् ।

उम्मेदवार मनोनयनका क्रममा नेपाली कांग्रेसलगायत अन्य पार्टीले उम्मेदवारी दर्ता नगरेपछि निर्वाचन अधिकृतले छजनालाई निर्विरोध निर्वाचित घोषणा गरेका हुन् । जिल्लाका अन्य स्थानीय तहमा आज कार्यपालिका सदस्यका लागि निर्वाचन हुँदैछ । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००