५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले जितेपछि स्वदेशी उद्योगलाई प्राथमिकताः अध्यक्ष ओली



काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताएका छन् ।

एमाले काठमाडौँ महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको वडा नं २१ स्थित लगनमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले भृकुटी कागज, बाँसबारी छालाजुत्ताजस्ता उद्योग बन्द हुनु विडम्बना भएको भन्दै एमालेले जितेपछि त्यस्तो अवस्थाको अन्त्य हुने बताएका हुन् ।

उनले भने, “बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छौँ, भृकुटी कागज कारखाना बेचेपछि हामीले घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ । यो अवस्था रहेमा देश बन्दैन ।”

उनले महानगरको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यसहितको उम्मेदवारले जितेमा भ्रष्टाचाररहित महानगर बन्ने समेत दाबी गरे । रासस

प्रकाशित मिति : २५ बैशाख २०७४, सोमबार ००:००